दिप बस्न्यातको अवकाशपछि अख्तियारमा नवीन घिमिरे

दिप बस्न्यातको अवकाशपछि अख्तियारमा नवीन घिमिरे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात केही दिनमै अवकाश हुँदैछन् । उनको कार्यकाल फागुन पहिलो हप्ता सकिँदैछ । उनको कार्यकालपछि रिक्त एक आयुक्त पदमा जान चाहनेहरु भित्रभित्रै लबिङमा छन् ।

बाम गठबन्धनको सरकार नबनेसम्म आयुक्त नियुक्ति हुने सम्भावना छैन । संवैधानिक परिषदको सिफारिस आवश्यक पर्ने भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेर पनि अख्तियारको प्रमुख आयुक्त र आयुक्त नियुक्ति गर्नसक्ने अवस्था छैन । त्यसकारण पनि बाम गठबन्धनको सरकार बनेपछिमात्र अख्तियारमा नियुक्ति हुनेछ ।

नेपालको संविधान २०७२ अनुसार अख्तियारमा प्रमुख आयुक्त र आयुक्त समेत पाँचजना हुनेछन् । प्रमुख आयुक्त बस्न्यातसमेत अहिले अख्यितारमा पाँच जना छन् । बस्न्यातको उमेरका कारण अवकाशपछि प्रमुख आयुक्त हुनेमा आयुक्त नवीन घिमिरेको नाम लिने गरिन्छ ।

घिमिरे पूर्वकै भएकाले अहिलेसम्म प्रधानमन्त्री हुने भनिएका केपी शर्मा ओलीले उनलाई नै प्रमुख आयुक्त बनाउने अड्कलबाजी सबैले गरेका छन् । घिमिरे एमालेकै कोटाबाट आयुक्त भएकाले केपी ओली प्रधानमन्त्री भएपछि उनी हुने कुरा लगभग निश्चित जस्तै मानिएको छ ।

साँघु साप्ताहिक

Logo