धनकुटा
प्रदेश नं. १ को राजधानी माग गर्दै आन्दोलन गरिरहेका धनकुटाबासीले माघ १५ गते देखि अनिश्चितकालको लागि घोषणा गरेको आमहड्ताल फिर्ता गरेका छन् । प्रदेशको राजधानी बनाउने विषयमा सरकार र राजनीतिक दलका नेता सकारात्मक देखिएकाले अर्को सूचना जारी नभए सम्मको लागि आन्दोलनका सवै कार्यक्रम फिर्ता गर्ने निर्णय भएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए ।
आईतबार वसेको आन्दोलन परिचालन समितिको वैठकले सरकारले वार्ताको वातावरण बनाएको र उच्चस्तरीय सरकारी टोलीले वार्ता गर्ने प्रस्ताव आएकाले वार्ता अवधीको लागि आन्दोलन फिर्ता लिएको संयोजक श्रेष्ठले जानकारी दिए ।
बैठकले हरेक दिन १२ देखि १ बजे सम्म १ घण्टा चक्काजाम गर्ने, बजारका सवै घरमा कालो झण्डा राख्ने लगायतका आन्दोलनका कार्यक्रमलाई भने निरन्तरता दिने निर्णय गरेको छ । धनकुटाबासीले ४५ दिन देखि निरन्तर राजधानीको लागि आन्दोलन गरिरहेका छन् । पटकपटक गरेर ११ दिन आम हड्ताल गरेका धनकुटाबासीले माघ ४ गते क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी, सरकारी कार्यालय र सवारी साधन तोडफोड समेत गरेका थिए । यसै कारण स्थानीय प्रशासनले एक दिन कफ्र्यु र ४ दिन निषेद्यज्ञा समेत लगाएको थियो।
नागरिकबाट





























प्रतिक्रिया