काठमाडौं
एमाले र माओवादीको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागबण्डा मिलाएको छ । आइतबार बसेको कार्यदल बैठकले मुख्यमन्त्री, सभामुख र उपसभामुखमा भागबण्डा मिलाएको हो ।
कार्यदलका संयोजक सुवास नेम्वाङका अनुसार प्रदेश १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले पाएको छ भने ६ र ७ को मुख्यमन्त्री माओवादीलाई दिइएको छ । त्यसैगरी प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले पाएको छ भने ४ र ५ को समाभुख माओवादीको भागमा परेको छ । सँगै प्रदेश ४ र ५ को उपसभामुख एमालेले पाउने भएको छ भने १, ३, ६ र ७ को उपसभामुख माओवादीले पाएको छ ।
यसैवीच एमाले र माओवादीबीच प्रदेश सरकारमा ११ जनासम्म मन्त्री बनाउने सहमति भएको छ । मन्त्रीको भागबण्डा भने ७० र ३० प्रतिशतमा हुने भएको छ । एमालेले ७० प्रतिशत मन्त्री पाउने छ भने माओवादीकले ३० प्रतिशत मन्त्री पाउने छ । मन्त्रिपरिषद गठनका सम्बन्धमा भएको छलफलमा सात देखि ११ जना सम्म मात्र मन्त्री बनाउने सहमति भएको नेम्वाङले जानकारी दिए।
अन्नपूर्णबाट





























प्रतिक्रिया