ब्रिलेयर साइन्सको सौन्दर्य प्रसाधन नेपाली बजारमा

ब्रिलेयर साइन्सको सौन्दर्य प्रसाधन नेपाली बजारमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ब्रिलेयर साइन्स इन्डियाको चर्चित सौदर्य प्रसाधनले नेपालका लागी आफ्नो आधिकारीक विक्रेता डेल्टा मार्केटिङलाई नियुक्त गरेको छ । काठमाडौंमा एक कार्यक्रमगरि व्रिलियटर साइन्स नेपालको ब्राण्ड एम्बाष्डरको रुपमा अन्तर्राष्ट्रिय चर्चित हेयर स्टायलिष्टि निल डेभिड कटुवाललाई नियुक्त गरेको छ ।

कार्यक्रममा ब्रिलियर साइन्सका अन्तराष्ट्रिय विभागका प्रमुख नारायण रेले ब्रिलियर साइन्समा प्रयोग हुने सम्पूर्ण कच्चापदार्थहरु सतप्रतिशत प्राकृतिक रहेको बताए । सबै कच्चा पदार्थहरु अन्तर्राट्रिय रुपमा ख्याति कमाएका सर्टिफाइड कम्पनीबाट मात्र आयात गरिएको प्रमुख रेको भनाई छ ।

ब्रिलेयर साइन्स सत प्रतिशत भेगान प्रमाणित नेचुरल कस्मेटिक्स ब्राण्ड भएकोले यसको कुनै साइड इफेक्ट नभएको र यसले छाला तथा केसलाई कुनै किसिमको नकारात्मक असर उनको भनाई छ ।

ब्रिलियर साइन्सका ब्राण्ड एम्वेष्डर निल डेभिडका अनुसार आफूले यस क्रम्पनीका सम्पूर्ण उत्पादनहरु पहिले आफै प्रयोग गरेको उत्कृष्ट पाएपछि मात्र यस ब्राण्ड एम्बेष्डर बनेको बताए । उने भने आफूले कम्पनीको फ्याक्ट्रिदेखि कच्चापदार्थ सम्पूर्णको सूक्ष्म रुपमा अध्ययन र प्रयोग गरेर मात्र अरुलाई विश्वास दिलाउन सकिने हुनाले यस कम्पनीमा आवद्ध भएको हुँ ।

डेल्टा मार्केटिङका प्रमुख हेमन्त निरौलाका अनुसार यो उत्पादन नेपाली हावापानी र नेपाली बजारमा सुहाउँदो भएको बताए । यो प्रोडक्ट नेपालकाप्रमुख व्युटिपार्लर सलुनमा सर्वसूलभ रुपमा पाइने छ ।

Logo