काठमाडौं ।
पाँचौ अमेजिङ मोटर र्याली २०१८ सम्पन्न भएको छ । केजिएच फाउण्डेशन र नेपाल अर्बुद रोग निवारण संस्थाको सहकार्यमा भएको र्याली काठमाडौं—पोखरा २०० किलोमिटर यात्रा सम्पन्न गर्दै शुक्रबार सम्पन्न भएको हो ।
प्रतियोगितामा शेर बहादुर केसी पहिलो, निरभ तुलाधर दोस्रो र रुपेश प्रधान तेस्रो भएका छन् । यसैबीच र्यालीको अवशरमा पोखराको सारङकोटमा निःशुल्क स्वास्थ्य सिबिरको समेत आयोजना गरिएको थियो ।
शिविरमा नेपाल अर्बुद रोग निवारण संस्था र भक्तपुर क्यानसर अस्पतालका डाक्टरहरुले महिलाहरुको पाठेघरको मुखको क्यन्सर र स्तन क्यान्सरको परिक्षा गरेका थिए । यसैगरि १ सय ७८ जनाको आखाँ पनि निःशुल्क जाँच गरिएको संयोजक दिवाकर राजकर्निकारले बताए ।





























प्रतिक्रिया