रोल्पा
रोल्पाको एक मात्र जलजला बहुमुखी क्याम्पसमा हिजोआज ५ शिक्षकले एक जना बिद्यार्थी पढाई रहेका छन् । बिहान साँढे ६ बजे देखि पठनपाठन हुने क्याम्पसमा पढ्न आउने बिद्यार्थी मुस्किलले २०,२२ जना मात्र हुन्छन् । "/>

जहाँ एक विद्यार्थीका लागि ५ शिक्षक खटिन्छन् !

जहाँ एक विद्यार्थीका लागि ५ शिक्षक खटिन्छन् !

केन्द्रबिन्दु
0
Shares

रोल्पा
रोल्पाको एक मात्र जलजला बहुमुखी क्याम्पसमा हिजोआज ५ शिक्षकले एक जना बिद्यार्थी पढाई रहेका छन् । बिहान साँढे ६ बजे देखि पठनपाठन हुने क्याम्पसमा पढ्न आउने बिद्यार्थी मुस्किलले २०,२२ जना मात्र हुन्छन् । धेरै जसो कक्षा कोठामा एक बिद्यार्थीलाई एक शिक्षकले पढाई रहेका छन् । स्नातक तहमा शिक्षा, मानविकी र व्यवस्थापन संकाय पढाई हुने यस क्याम्पसमा दैनिकजसो शिक्षक र बिद्यार्थीको संख्या बराबर जस्तै रहन्छ । १७ जना शिक्षक रहेको क्याम्पसमा प्राय दैनिक बिद्यार्थी उपस्थिती पनि त्यतिकै संख्यामा हुने गरेको छ ।

रोल्पा नगरपालिकाका योगेश कुँवर बिए तेस्रो बर्षका बिद्यार्थी हुन् । प्राय कक्षा कोठामा एक्लै हुने उनी पनि नियमित क्याम्पस आउँदैनन् । ‘प्राय म एक्लै हुन्छु । कहिले काँही एकजना साथी आउथें, उनले पनि कम्प्युटर सिक्न थालेपछि म एक्लै पढ्छु । वैशाख तिर जाँच हुन्छ होला । कोर्ष आधा पनि सकिएको छैन । पोहोर झन आधि पनि नपढेर जाँच दिएका हौं। सर नआएर भन्दा पनि हामी आफैं नआएर पनि पढाई अगाडि नबढेको हो । आएर पनि के गर्नु चित्त बुझ्दो पढाई पनि छैन,’ कुँवरले भने । उनले जस्तै धेरै बिद्यार्थीको पठन पाठनको स्तर खासै सन्तोषजनक नभएको गुनासो छ ।

एक जना बिद्यार्थीलाई विधिपूर्वक पढाईरहेका शिक्षक श्याम बुढामगर क्याम्पसमा बिद्यार्थीको उपस्थिति घट्दै गएपछि चिन्तामा छन् । ‘राम्रा बिद्यार्थी बाहिरी जिल्ला जान्छन । कोही टेक्निकल पढ्न गएका छन् । बाँकी भर्ना भएका पनि आर्थिक अबस्था कमजोर भएका कारण बिभिन्न जागिर, पेसामा जाने गरेका कारण एक दुई जनालाई पढाउनु पर्छ । शैक्षिक गुणस्तर भने राम्रो भएको बताउने बुढा भन्छन्– ‘रेगुलर आउनेहरु त केही पास भएकै छन तर पढ्नै नआएपछि के गर्नु ? बिद्यार्थीलाई क्याम्पस जाउँजाउँ भन्ने बातावरण पनि छैन । एक जनालाई यत्रो सिंगो कोठामा राखेर पढाउन मजा नै आउँदैन । तै पनि के गर्नु पढाउनै पर्यो ’

नागरिकबाट

Logo