काठमाडौं
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचमा पार्टी एकताको प्रक्रिया अगाडि बढाउन अलमल देखिएको छ । नयाँ सरकार गठन अघि नै पार्टी एकताको प्रक्रिया पूरा गर्ने तयारीका साथ गृहकार्य अगाडि बढे पनि पद बाँडफाँडमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कुरा मिल्न नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
ओली र प्रचण्डकै बीचमा कुरा नमिल्दा पार्टी एकताका लागि गठन गर्ने दुई वटा कार्यदल पनि बन्न सकेको छैन । नेकपा एमालेले पार्टी र सरकारको नेतृत्व ओलीले नै गर्नु पर्ने अडान लिएको छ भने माओवादी केन्द्रले सरकारको नेतृत्व ओलीले गर्दा पार्टीको नेतृत्व प्रचण्डले पाउनु पर्ने अडान लिएको छ ।
यही विषयमा ओली र प्रचण्डबीचमा समझदारी हुन सकेको छैन । पटक–पटक ओली र प्रचण्डको बीचमा वान टु वान वार्ता भए पनि दुवै अध्यक्षले अडान नछोड्दा एकता प्रक्रियाको काम अगाडि बढ्न सकेको छैन । माओवादी केन्द्र सरकार गठन अघि नै पार्टी एकताको प्रक्रिया टुंगो लगाउनु पर्ने पक्षमा देखिए पनि एमाले भने सरकार गठन र पार्टी एकता प्रक्रिया एकसाथ अगाडि बढाउने पक्षमा देखिएको छ । पार्टी एकताका लागि माओवादीको हतारो र एमालेले पर्ख र हेरकै नीति अख्तियार गरेका छन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया