बैंशालु उमेर काटिसकेपछि फेसनको त्यस्तो हेक्का नहुनुपर्ने हो । तर लन्डनमा बस्ने एक महिला भने उमेरले ९० बर्ष पुगिसकेकी छिन् ।

नेपालीको औसत उमेरभन्दा धेरै बढी उमेर हो यो । यत्तिका उमेरमा पनि उनलाई भने बुढ्यौली लागेको छैन ।

९० बर्षिय डेफनी सेल्फ अझै नक्कली छिन् । उनी फेसनएवल महिला हुन् । उनले अहिले कतिपय फेसन ब्रान्डको प्रमोसन समेत गरिरहेकीछिन् ।
उनी १९४९ देखि अर्थात ६९ बर्षदेखि मोडलिङ गरिरहेकी छिन् । त्यसबेला उनलाई सुपर हट मोडल मानिन्थ्यो । उनी बुढी भएपनि आफुलाई बुढेसकाल लागेको स्विकारर्दैनन् । त्यो त मान्छेको हेराईमा भरपर्ने कुरा हो भन्छिन् उनी ।

डेफनीले हालै लन्डनमा एक ब्युटी प्रोडक्ट ब्रान्डको प्रमोसन गरिन् । यसको लागि उनले भिडियो सुट पनि गराएकी थिइन्, जुन भाइरल भयो ।






























प्रतिक्रिया