बागलुङ
बागलुङ जिल्ला क्षेत्र नम्बर २ का दुई सांसद माथि हातपात भएको छ । जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद देवेन्द्र पौडेल र सोही क्षेत्रको प्रदेश (ख) का प्रदेश सभा सदस्य टेकबहादुर घर्ती मगर माथि आफ्नै नेताबाट हातपात भएको हो । "/>

बागलुङमा देवेन्द्र पौडेल सहित दुई सांसद आफ्नै कार्यकर्ताबाट कुटिए

बागलुङमा देवेन्द्र पौडेल सहित दुई सांसद आफ्नै कार्यकर्ताबाट कुटिए

केन्द्रबिन्दु
0
Shares

बागलुङ
बागलुङ जिल्ला क्षेत्र नम्बर २ का दुई सांसद माथि हातपात भएको छ । जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद देवेन्द्र पौडेल र सोही क्षेत्रको प्रदेश (ख) का प्रदेश सभा सदस्य टेकबहादुर घर्ती मगर माथि आफ्नै नेताबाट हातपात भएको हो । बिहीबार राति ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारस्थित मिराज होटलमा माओवादी केन्द्र आयोजक समितिका सदस्य तुल्सीराम अर्यालले हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन् । दुई सांसदसँगै पौडेलका अंगरक्षकलाई समेत अर्यालले हात हालेका थिए ।

माओवादी केन्द्रका नेता रहेका सांसद पौडेल र राष्ट्रिय जनमोर्चाका घर्ति संयुक्त वाम गठवन्धनका तर्फबाट हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए । उनीहरु दुवैलाई जिताउन अर्याल सक्रियतापूर्वक लागेका थिए । बिहीवार दिउँसो निसीखोलामा आयोजित कार्यक्रममा जाने बिषयमा आफुलाई कुनै खबर समेत नगरेको भन्दै अर्यालले शुरुवातमा पौडेललाई दुई झापड हानेका थिए । त्यस लगत्तै धारामा मुख धुन गएका प्रदेश सांसद घर्तीलाई पनि उनले एक मुक्का प्रहार गरे । हातपात गर्ने क्रममा होटलको केही शिशा पनि फुटेको छ । तर दुवै सासंद संयमित भएकाले थप अप्रिय घटना केही हुन पाएन ।
अन्नपूर्णबाट

Logo