यहाँ बेडमा सेतो तन्ना ओछ्याएर भर्जिनिटीको प्रमाण मागिन्छ

यहाँ बेडमा सेतो तन्ना ओछ्याएर भर्जिनिटीको प्रमाण मागिन्छ

केन्द्रबिन्दु
0
Shares

भारत पुणेका पिंपरीमा तीन जनालाई कुटपिट यसकारण गरियो कि, सुहागरातमा हुने भर्जिनिटी परिक्षणबारे उनीहरुले बिरोध गरिरहेका थिए । कुटाइ खानेले ४० जना विरुद्ध प्रहरीमा उजुरी गरेका छन् । त्यसमध्ये दुईजनालाई पक्राउ गरिएको छ । आखिर प्रश्न यो हो कि, सुहागरातमा भर्जिनिटी टेस्ट गर्ने को हो ?

यर्वदाको भटनगरमा कन्जरभट नामका समुदाय बस्छन् । उनीहरुको परम्परा नै छ कि दुलहीको भर्जिनिटी जाँच गर्ने । सुहागरातको दिन यस्तो जाँच गरिन्छ । समुदायको परम्परा अनुसार सुहागरातभन्दा अघि गाउँको पन्चायतले दुलहालाई एक सेतो तन्न दिन्छ । सबै मानिस दुलहा र दुलहीको कोठा बाहिर बस्छन् ।

अर्को दिन तन्नामा रातो दाग लागेको छ भने दुलही टेस्टमा पास भएको मानिन्छ । तर तन्नामा रातो दाग मिलेन भने दुलहीले बिवाहअघि नै अरु कसैसँग सम्बन्ध राखेको आरोप लगाइन्छ । यसपछि उनलाई प्रताडित गरिन्छ ।

अहिले यसको विरोधमा केहि युवाहरु जागेका छन् । उनीहरुले स्टप द वी नामक वाट्सएप ग्रुप पनि बनाएका छन् । यसमा पचासभन्दा बढी युवाहरु छन् ।

Logo