ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

उर्लाबारी, १२ माघ । मोरङको कानेपोखरी गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट गएराति साइकलयात्रीको मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा कानेपोखरी–७ बस्ने ५५ वर्षीय विशेश्वरप्रसाद राजवंशी रहेका छन् । बिहीबार साँझ भौसाबारीबाट रमाइलोतर्फ आउँदै गरेको को १ त ७१५५ नम्बरको ट्र्याक्टरले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका राजवंशीको नोबेल अस्पताल, विराटनगरमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । 

ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए । रासस

Logo