काठमाडौँ,
नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने तयारी गरेको छ । खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानको योजना विभागका प्रमुख एवं प्रवक्ता शंकर सापकोटाले बताए । "/>

खाद्य संस्थानद्वारा गुणस्तर परीक्षणको तयारी

खाद्य संस्थानद्वारा गुणस्तर परीक्षणको तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,
नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने तयारी गरेको छ । खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानको योजना विभागका प्रमुख एवं प्रवक्ता शंकर सापकोटाले बताए ।

यसका लागि भारतीय दूतावासको सहयोगमा छुट्टै भवन निर्माण सम्पन्न भइसकेको छ भने उक्त भवनको दुई महिना अघि संस्थानलाई हस्तान्तरण गर्ने कार्य पनि सम्पन्न भइसकेको उनको भनाई छ । सो भवन पाँच करोडको लागतमा निर्माण भएको हो ।

हालसम्म खाद्यान्नको गुणस्तर परीक्षण गर्ने काम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्दै आएकोमा खाद्य संस्थानमा बन्ने उक्त खाद्य प्रयोगशालाले सरकारबाट अख्तियारी प्राप्त भएमा माछा, मासु, पाउरोटी तथा अन्य खाद्य सामग्रीको गुणस्तर परीक्षण गर्ने तथा सार्वजनिक सरोकारका विषय हेर्ने योजना बनाइरहेको सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाले भने, “अहिले भवन हस्तान्तरण मात्र भएको छ । आवश्यक मेशिन, जनशक्ति तथा प्रविधिको व्यवस्थापनको कार्य बाँकी नै छ । यही आर्थिक वर्षभित्र आवश्यक कुरा पूरा गर्ने लक्ष्य छ ।”

उनले आपूर्ति मन्त्रालयको नीति र निर्देशन अनुसार प्रयोगशालाको व्यवस्थापन तथा कार्यसम्पादन हुने योजना रहेको उल्लेख गरे । यसै वीच संस्थानका प्रवक्ता सापकोटाले यसवर्ष दुई लाख ७६ हजार क्विन्टल चामल खरिद गर्ने लक्ष्य रहेको बताएका छन् । उनले हाल सम्म ७० हजार क्विन्टल चामल खरिद गरिसकेको, पूूर्वतिर भर्खर खरिदका काम शुरु भएको र फागुन सम्म खरिद भइसक्ने बताए ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo