प्रदेशहरुको पहिलो अधिवेसनः २ र ७ काे माघ २१, ३ को १८ गते

प्रदेशहरुको पहिलो अधिवेसनः २ र ७ काे माघ २१, ३ को १८ गते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रदेश प्रमुखहरुले पहिलो बैठक बोलाउन सुरु गरेका छन् । प्रदेश सभाले पूर्णता पाएसँगै प्रमुखहरुले बैठक बोलाउन सुरु गरेका हुन् ।

प्रदेश नम्बर ३ ले माघ १८ गते पहिलो अधिवेशन बोलाएको छ । त्यस्तै प्रदेश नम्बर २ ले माघ २१ गते अधिवेशन बोलाएको छ । प्रदेश नम्बर ७ ले २१ गते पहिलो बैठक बोलाएको छ ।

प्रदेश नम्बर ३ प्रमुख अनुराधा कोइरालाले बिहीबार एक सूचना जारी गर्दै माघ १८ गते विहिवार प्रथम अधिवेशन आह्वान गर्नुभएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश बैठक आव्हान गर्नुभएकी कोइरालाले सबै प्रदेशसभा सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेकी छन् । बैठक प्रदेशसभा स्थल तोकिएको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको भवनमा बस्नेछ ।

यस्तै, ७ नं प्रदेशका प्रमुख मोहनराज मल्लले प्रदेशसभाको पहिलो बैठक माघ २१ गते आह्वान गर्नुभएको छ । जिल्ला समन्वय समितिको कार्यालय रहेको सभाहलमा प्रदेश सभाको पहिलो बैठक २१ गते दिउँसो १ बजे आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयका सचिव युवराज सुवेदीले जानकारी दिनुभयो । ७ नम्बर प्रदेशसभामा नेकपा एमालेका २५, नेकपा (माओवादी केन्द्र) का १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना गरी ५३ सांसद रहेका छन् ।

Logo