सुविसु क्यान इन्फोटक—२०१८ आजबाट सुरु

सुविसु क्यान इन्फोटक—२०१८ आजबाट सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ७ माघ ।

सुविसु क्यान इन्फोटक—२०१८ आजबाट सुरु भएको छ । भृकुटीमण्डपमा सुरु भएको मेलाको उद्घाटन सञ्चारमन्त्री माहनबहादुर बस्नेतले गरे । मेलाको उद्घाटन गर्दै मन्त्री बस्नेतले भने, ‘नेपाल सरकारले वातावरण बनाउन नसक्दा धेरै क्षमतावन नेपाली विदेशिनु परेको छ ।

माघ १६ गतेसम्म सञ्चालन हुने मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, प्रमुख बिक्रेता तथा वितरक, इन्टरनेट सेवा प्रदायक, दुरसञ्चार, आइसिटी कलेज तथा तालीम प्रदायक संस्था, सफ्टवेर सोलुसन्सजस्ता कक्ष रहेको छ ।

मेलामा कूल २२२ स्टल रहेका छन् । चार लाख दर्शक उतार्ने लक्ष्य राखिएको क्यानले विद्यार्थीका लागि ५० र सर्वसाधरणका लागि १०० रुपैयाँ शल्क तोकिएको छ ।

Logo