काठमाडौं
प्रहरीको खोजी सूचीमा रहेका ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वडीआईजी नवराज सिलवालले ‘प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण’ को निष्पक्ष निकायबाट छानबिन माग गरेका छन् । उनले यो घटनाक्रममा आफ्नो विपक्षमा रहेकाबाटै छानबिन गरेर आफूलाई दोषी, अन्य सबैलाई निर्दोष साबित गर्ने खेल भइरहेको आरोप लगाएका हुन् ।
‘प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणका सबै आयाममा निष्पक्ष निकायबाट छानबिन हुनु र दोषी माथि कारबाही हुनु आवश्यक छ,’ सिलवालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जुन मान्छे यो घटनाक्रममा मेरो विपक्षी छ, उसैले अनुसन्धान गर्ने र यसमा संलग्नहरूलाई निर्दोष साबित गरी मलाई प्रहार गर्ने जुन खेल भइरहेको छ, त्यसको अन्त्य हुनु पर्छ ।’ एक जनप्रतिनिधिको कर्तव्य समेत आफूमा थपिएकाले यो विषयमा आम जनसमुदायलाई स्पष्ट पार्न भन्दै उनले विज्ञप्ति जारी गरेको उल्लेख गरेका छन् । उनले अहिले आफ्नो ज्यान माथि समेत खतरा पैदा भएको दाबी गरेका छन् ।
कान्तिपुरबाट





























प्रतिक्रिया