बनेपा,

काभ्रेको पाँचखाल नगरपालिकामा विषादी न्यूनीकरण अभियान शुरु भएको छ । ‘लबग्रिन नेपाल’को नेतृत्वमा वातावरणमैत्री एकिकृत दिगो कृषि विकास परियोजना मार्फत पाँच वर्षको अवधिमा रासायनिक विषादीको प्रयोगमा ९५ प्रतिशतले कमी ल्याउने अपेक्षा गरिएको छ । "/>

पाँचखालमा रासायनिक विषादी न्यूनीकरण अभियान शुरु

पाँचखालमा रासायनिक विषादी न्यूनीकरण अभियान शुरु

केन्द्रबिन्दु
0
Shares

बनेपा,

काभ्रेको पाँचखाल नगरपालिकामा विषादी न्यूनीकरण अभियान शुरु भएको छ । ‘लबग्रिन नेपाल’को नेतृत्वमा वातावरणमैत्री एकिकृत दिगो कृषि विकास परियोजना मार्फत पाँच वर्षको अवधिमा रासायनिक विषादीको प्रयोगमा ९५ प्रतिशतले कमी ल्याउने अपेक्षा गरिएको छ । वातावरणमैत्री दिगो कृषिको अवधारणा स्थापित गरी रासायनिक मलको प्रयोगमा ९० प्रतिशतले कमी ल्याइने लबग्रिन नेपालका कार्यक्रम निर्देशक नारायण ज्ञवालीले बताए । उनले दिगो कृषि, दिगो पशुपालन र वातावरण संरक्षणमा जोड दिँदै चार करोड ८५ लाख १६ हजारको बजेट निर्माण भएको जानकारी दिए ।

“हामी पाँचखाल नगरपालिकाको रासायनिकमा आधारित कृषि अभ्यासलाई रसायनरहित र वातावरणमैत्री दिगो कृषि अभ्यासमा रुपान्तरण गर्न चाहन्छौँ,” उनले भने । विषादी न्यूनीकरण अभियान अन्तर्गत आइपिएम कृषक पाठशाला सञ्चालन, आइपिएम प्रदर्शनीस्थल निर्माण तथा व्यवस्थापन, पशुमूत्र सङ्कलन, आधारभूत पशुपालन व्यवस्थापन तालीम, उन्नत घाँसको उत्पादन, माटो परीक्षण प्रयोगशाला स्थापनामा सहयोग लगायतका विभिन्न कार्यक्रम सञ्चालन हुने बताइएको छ । यस कार्यक्रमबाट ६०० कृषक लाभान्वित हुनेछन् ।

जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकका प्रमुख उद्धव केसीले माटोको व्यवस्थापन र विषादी न्यूनीकरणको विषय सबैको साझा र चासोको विषय भएको बताए । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले विषादी न्यूनीकरणका लागि विषादी मापनयन्त्रलाई भित्र्याउन लागिएको जानकारी दिँदै भू–संरक्षण नीति ल्याउन लागिएको बताए । उनले भने –“मापनयन्त्र आएपछि विषादी प्रयोग भएको तरकारीको उत्पादन बजारमा जान पाउने छैन ।” उक्त कार्यक्रम नगरपालिकाको दुई वटा वडा बाहेक सबैमा लागू हुनेछ ।
रासस

Skip This
Skip This
Logo