काठमाडौं
भू–मध्य सागरको वायु नेपाल भित्रिएपछि मुलुकका अधिकांश भेगमा हिउँदे वर्षा भएको छ । मंगलबार साँझ सुदुरपश्चिमी भेगमा शुरु भएको वर्षाको प्रभाव बुधवार विहान सबेरै देखि मुलुकका अधिकांश भेगमा फैलियो । "/>

भू–मध्य सागरको वायुले वर्षा र हिमपात

भू–मध्य सागरको वायुले वर्षा र हिमपात

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
भू–मध्य सागरको वायु नेपाल भित्रिएपछि मुलुकका अधिकांश भेगमा हिउँदे वर्षा भएको छ । मंगलबार साँझ सुदुरपश्चिमी भेगमा शुरु भएको वर्षाको प्रभाव बुधवार विहान सबेरै देखि मुलुकका अधिकांश भेगमा फैलियो ।

अधिकांश उच्च पहाडी र हिमाली भेगमा हिमपात समेत भएको छ । भू–मध्य सागरको वायु अफगानिस्तान, पाकिस्तान, भारतको जम्मू कास्मिर हुँदै मुलुकको पश्चिमी भेगबाट भित्रिँदा अहिले हिउँदे वर्षा र हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको बुधवारको तथ्यांक अनुसार डडेलधुरामा सबैभन्दा धेरै १२ मिलिमिटर वर्षा भएको थियो ।

काठमाडौं उपत्यकामा २ मिलिमिटर वर्षा भएको महाशाखाकी मौसमविद विभूति पोखरेलले जानकारी दिइन् । उनका अनुसार बुधवार मध्यान्ह्रपछि वर्षाको प्रभाव मुलुकको पूर्वी तराई र पहाडी भेगतर्फ सरेको छ । काठमाडौं सहित पश्चिम तर्फको मौसम क्रमश पानी पर्ने र मौसम बदलिने प्रणाली पूर्वीभेग तिर सरिरहेको छ । अहिलेको मौसमी प्रणालीले ठूलो वर्षाको संकेत भने नगरेको बताइन्छ । यद्यपी विभिन्न जिल्लामा भने हिमपातले जनजीवन प्रभावित बनेको छ ।
नेपाल समाचारपत्रबाट

Logo