भैरहवा
छड तथा सिमेन्ट उद्योगले विनाकारण मूल्यवृद्धि गरेको भन्दै प्रमुख दुई राजनीतिक दल नेकपा एमाले र माओवादी केन्द्रका भातृ संगठन युवा संघ नेपाल र वाईसीएल नेपाल रूपन्देहीका कार्यकर्ताले भैरहवा–लुम्बिनी औद्योगिक करिडोरमा रहेका १ दर्जन सिमेन्ट तथा छड उद्योगहरू बुधवार दिउँसोबाट बन्द गराएका छन् । "/>

छड तथा सिमेन्ट उद्योगको मूल्यवृद्धि विरुद्ध युवा संघ र वाईसीएलद्वारा उद्योगमा तालाबन्दी

छड तथा सिमेन्ट उद्योगको मूल्यवृद्धि विरुद्ध युवा संघ र वाईसीएलद्वारा उद्योगमा तालाबन्दी

केन्द्रबिन्दु
0
Shares

भैरहवा
छड तथा सिमेन्ट उद्योगले विनाकारण मूल्यवृद्धि गरेको भन्दै प्रमुख दुई राजनीतिक दल नेकपा एमाले र माओवादी केन्द्रका भातृ संगठन युवा संघ नेपाल र वाईसीएल नेपाल रूपन्देहीका कार्यकर्ताले भैरहवा–लुम्बिनी औद्योगिक करिडोरमा रहेका १ दर्जन सिमेन्ट तथा छड उद्योगहरू बुधवार दिउँसोबाट बन्द गराएका छन् । सत्तारोहणको तयारीमा रहेको वाम गठबन्धनका भातृ संगठनहरूले उद्योग प्रतिष्ठानमा तालाबन्दी गरी उद्योग नै बन्द गराएपछि पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघले भने गैरजिम्मेवार कार्य भन्दै विरोध जनाएको छ ।
युवा संघ नेपाल रूपन्देहीकाका कार्यवाहक अध्यक्ष नकुल शाही, सिद्धार्थनगर इन्चार्ज कुमार गुरुङ, वाईसीएल रूपन्देहीका सहसंयोजक सुजन अधिकारी, प्रदेश कमिटी सदस्य प्रेम घर्तिमगर लगायतको नेतृत्वमा गएको ५० बढी कार्यकर्ताहरूले उद्योग बन्द गराउँदै मूलगेटमा तालाबन्दी समेत गरेका छन् । तालाबन्दी पछि सवै उद्योग बन्द भएका छन् ।

युवा संघ नेपाल रूपन्देहीले जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरिएकोमा विरोध गर्दै फिर्ता लिन बारम्बार आग्रह गर्दा पनि कुनै पहल नभएकोमा बाध्य भएर उद्योगहरूमा तालाबन्दी गरिएको युवा संघ नेपाल सिद्धार्थनगर इन्चार्ज कुमार गुरुङले वताए । युवासंघले यसअघि नै मंगलवार रूपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली समक्ष ज्ञापनपत्र वुझाउँदै मूल्यवृद्धि रोक्न माग गर्दै आार्थिक वर्ष नसकिँदै मूल्यवृद्धि गराउँदा राष्ट्रिय गौरवका आयोजनाहरू प्रभावित भएको र सामान्य नागरिकले बनाउन सुरु गरेका घर निर्माण पनि प्रभावित भएको उल्लेख गर्दै मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग गरेको थियो ।
कारोबारबाट

Logo