काठमाडौं
देशका लागि आफूलाई बलिदान दिने शहीदहरुको सम्झनामा हिजो देखि शहीद सप्ताह शुरु भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकमा आयोजित शहीद सप्ताह मूल समारोह समितिले हिजो देखि शहीद सप्ताह शुरु गरेको हो । "/>

शहीद सप्ताह हिजोबाट शुरु :पहिलो दिन शुक्रराज शास्त्रीको सम्झना

शहीद सप्ताह हिजोबाट शुरु :पहिलो दिन शुक्रराज शास्त्रीको सम्झना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
देशका लागि आफूलाई बलिदान दिने शहीदहरुको सम्झनामा हिजो देखि शहीद सप्ताह शुरु भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकमा आयोजित शहीद सप्ताह मूल समारोह समितिले हिजो देखि शहीद सप्ताह शुरु गरेको हो । सप्ताहको पहिलो दिन शुक्रराज शास्त्रीले शहादत प्राप्त गर्नु भएको टेकू खरिबोटमा उहाँको तस्बिरमा माल्यार्पण गरी स्मरण गरिएको छ ।

माल्यार्पण गर्ने क्रममा कामपाका प्रमुख शाक्यले शहीदको बलिदानले आर्थिक समृद्धि र सामाजिक रुपान्तरण सम्भव भएको भन्दै प्राप्त उपलब्धिको संस्थागत एवं सदुपयोगले शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए । वि.सं. १९५० मा बनारसमा जन्मनु भएका शुक्रराज शास्त्री धार्मिक गतिविधि मार्फत जहानियाँ शासन विरुद्ध जागरण अभियानमा सक्रिय हुनु हुन्थ्यो । यसै क्रममा काठमाडौंको इन्द्रचोकमा प्रवचनका माध्यमबाट जनतालाई प्रजातन्त्रका पक्षमा उक्साएको आरोप लगाएर उहाँलाई पक्राउ गरिएको थियो ।

जेल सजायँ भोगिरहेकै बेला राणा शासन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाई उहाँलाई १९९७ माघ १० गते टेकू पचली स्थित खरिबोटमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । शास्त्रीको श्रद्धाञ्जलिसभा भएको उक्त स्थानलाई वि.सं. २०३५ मा तत्कालीन काठमाडौँ नगर पञ्चायतले शिलालेख राखी संरक्षण शुरु गरेको हो ।

त्यस्तै माघ १३ गते सिफल स्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जलिसभा हुनेछ । त्यसैगरी माघ १६ गते सहिद स्मारक लैनचौरमा श्रद्धाञ्जलिसभा हुनेछ । करिब २० वर्षपछि कामपाले जनप्रतिनिधिको साथमा सहिद सप्ताह मनाउन शुरु गरेको हो ।
गोरखापत्रबाट

Logo