काठमाडौं
विवेकशील साझा पार्टीले आसन्न राष्ट्रियसभा निर्वाचनमा कांग्रेसलाई सघाउने भएको छ । विवेकशील साझाले प्रदेश नम्बर ३ मा कांग्रेस उम्मेदवार अधिवक्ता राधेश्याम अधिकारीलाई भोट हाल्ने निर्णय गरेको हो । "/>

विवेकशील साझाले प्रदेश ३ मा कांग्रेसलाई सघाउने

विवेकशील साझाले प्रदेश ३ मा कांग्रेसलाई सघाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
विवेकशील साझा पार्टीले आसन्न राष्ट्रियसभा निर्वाचनमा कांग्रेसलाई सघाउने भएको छ । विवेकशील साझाले प्रदेश नम्बर ३ मा कांग्रेस उम्मेदवार अधिवक्ता राधेश्याम अधिकारीलाई भोट हाल्ने निर्णय गरेको हो । राष्ट्रियसभामा राष्ट्रले गर्व गर्न सक्ने प्रबुद्ध व्यक्तित्वहरुको प्रतिनिधित्व हुनुपर्छ भन्ने भावना अनुसार अभिवक्ता अधिकारीलाई पार्टी भन्दा माथि उठेर समर्थन गरिएको विवेकशील साझाका प्रवक्ता सूर्यराज आचार्यले जनाएका छन् ।

‘राष्ट्रिय सभामा प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व रहोस भन्ने मान्यताका आधारमा हाम्रो पार्टीले विभिन्न दलहरुसँग संवादको पहल गरेको थियो,’ उनले भनेका छन् ‘यसै सन्दर्भमा नेपाली कांग्रेस, विवेकशील साझा पार्टी र नयाँ शक्ति पार्टी समेत सम्मिलित छलफलबाट उमेदवार चयनको उल्लेखित शर्तलाई अवलम्बन गर्दै कांग्रेसले ३ नम्बर प्रदेशको खुला तर्फबाट बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई उम्मेदवार बनाएकोले समर्थन गर्ने निर्णयमा पुग्यौं ।’ प्रदेश ३ मा विवेकशील साझा पार्टीसँग १४४ मत छ ।
नागरिकबाट

Logo