काठमाडौं
भारतीय नेटवर्किङ कम्पनीका नाममा ठगी गर्ने पाँँच जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । भारतको गोरखपुर, बनारस र कुशीनगर सहरमा नेटवर्किङ कम्पनी खोली नेपालको ग्रामीण बस्तीहरुका सर्बसाधारणहरुलाई ठगी गर्नेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपि डिल्ली नारायण पाण्डेले जानकारी दिए । "/>

भारतीय नेटवर्किङ कम्पनीका नाममा ठगी गर्ने ५ जना पक्राउ

भारतीय नेटवर्किङ कम्पनीका नाममा ठगी गर्ने ५ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
भारतीय नेटवर्किङ कम्पनीका नाममा ठगी गर्ने पाँँच जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । भारतको गोरखपुर, बनारस र कुशीनगर सहरमा नेटवर्किङ कम्पनी खोली नेपालको ग्रामीण बस्तीहरुका सर्बसाधारणहरुलाई ठगी गर्नेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपि डिल्ली नारायण पाण्डेले जानकारी दिए । एजेण्ट मार्फत नेपालका विभिन्न ठाँउबाट रोजगारी तथा कमिसनको प्रलोभन देखाई रकम ठगी गरेको प्रहरीमा जाहेरी परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ड्रिम डेभ्लोपर्स ट्रेडमार्ट कम्पनीका सञ्चालक लम्जुङ जिल्लाका दर्पण लामा र दाङका कुशलराम चौधरी छन् ।

त्यस्तै विन विन कम्पनीका धादिङ जिल्ला घर भएका ज्ञानेन्द्र मगर र फुलटन कम्पनीका काभ्रेका चन्दित सिंह मोक्तान र बाराका दावा लामा रहेका छन् । भारतको गोरखपुर, बनारस र कुशीनगर सहरमा खोलिएका उक्त नेटवर्किङ कम्पनीका अझै २९ जना अभियुत्त फरार रहेको प्रहरीले जनाएको छ । पीडितहरुबाट कम्पनीले आठ हजार देखि तीन लाख रुपैँया सम्म उठाउँदै आएको प्रहरीको दाबी छ । कम्पनीले ठगी गरेको भन्दै ८० जनाले रुपन्देही प्रहरीमा जायरी दिएका छन् ।
नयाँपत्रिकाबाट

Logo