प्रदेश ५ बाट राष्ट्रियसभामा तीन जना निर्विरोध निर्वाचित

प्रदेश ५ बाट राष्ट्रियसभामा तीन जना निर्विरोध निर्वाचित

केन्द्रबिन्दु
0
Shares

कोमल ओली सहित तीन जना उम्मेदवार राष्ट्रियसभा निर्वाचनमा निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नम्बर ५ बाट महिला सिटमा एमालेका उम्मेदवार कोमल ओली र मीना बुढा यस्तै नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी अनिता देवकोटा निर्विरोध निर्वाचित भएका हुन् ।

बुधबार उम्मेदवारी दर्ताको दिन प्रदेश ५ बाट निर्वाचितहुने महिलाको ३ सिटमा ३ जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन् । अधिकृत हेमन्त रावलका अनुसार उनीहरु निर्वा्चित भएको औपचारिक घोषणा भने उम्मेदवारको नाममाथि दाबी विरोधको समय सकिएपछि माघ १५ गतेमात्रै हुनेछ ।

राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट ८ जना निर्वाचित हुन्छन्, त्यसमध्ये महिला ३ जना हुनेछन् ।

Logo