अवैध घरेलु मदिरा नष्ट

अवैध घरेलु मदिरा नष्ट

केन्द्रबिन्दु
0
Shares

भक्तपुरमा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । घरेलु मदिरा बेचबिखनबाट झै—झगडा तथा घरेलु हिंसाका घटना बढेको भन्ने गुनासो स्थानियहरुबाट आएकाले जिल्लाको चाँगु नारायण नगरपालिका ८ मा रहेका २० पसलहरुमा मदिरा नष्ट गरिएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले घरेलु मदिरा ८ सय ३५ लिटर र छ्यायङ ४७० लिटर बरामद गरि नष्ट गरिएको प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाइले बताए ।

साथै उनीहरुलाई मदिराजन्य पदार्थहरुबाट हुन सक्ने रोगहरु, मदिरा बिक्री बितरण तथा सेवनबाट हुने सामाजिक असर बारेमा समेत सम्झाई बुझाई गरी पुनः बिक्री बितरण गरेको पाईएमा कानुनी कारवाही समेत हुने जानकारी गराईएको उनले बताए ।

Logo