सञ्चार माध्यम विरुद्ध ५६ उजुरी

सञ्चार माध्यम विरुद्ध ५६ उजुरी

केन्द्रबिन्दु
0
Shares

एस के बैश्य

सञ्चार माध्यम विरुद्ध प्रेस काउन्सिलमा ५६ वटा उजुरी परेका छन् । चालु आर्थिक वर्षको ६ महिनाको अवधीमा उक्त उजुरी परेका हुन् ।

प्रेस काउन्सिलका सूचना अधिकारी दीपक खनालका अनुसार ३५ अनलाइन, १६ छापामाध्यम , ३ रेडियोे र २ टेलिभिजन गरी ५६ वटा उजुरी सञ्चार माध्यम विरुद्ध परेका छन् ।

सञ्चार माध्यमले सत्यतथ्यमा आधारित नभई हचुवाका भरमा समाचार सम्प्रेषण गरेको भन्दै उजुरी परेका हुन् ।

जानीजानी वा अनजानमा कसैप्रति लाञ्छना लगाउने र अमर्यादित व्यवहार देखाई समाचार सम्प्रेषण गर्ने सञ्चार गृहलाई कारबाहीको मागगर्दै पीडितहरुले उजुरी दर्ता गराएको काउन्सिलले जनाएको छ ।

काउन्सिल छापा माध्यम, एफएम रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यमको नियमनकारी निकाय हो ।

Logo