कस्तो अनौठो, रक्सी बेच्न हुने गीत गाउन नहुने

कस्तो अनौठो, रक्सी बेच्न हुने गीत गाउन नहुने

केन्द्रबिन्दु
0
Shares

हङकङको अनौठो नियम सुनेर तपाईलाई अचम्म लाग्न सक्छ । अचम्म लाग्नु स्वभाविक हो कि, यहाँ सानो अथवा ९ बर्षको बच्चाले मदिरा सर्भ गर्न पाउँछ । यसलाई त्यहाँको कानुनले छुटकारा दिएको छ ।

सानो बच्चाले मदिरा सर्भ गर्दा उनीमाथि बाल अधिकार हनन भएको भनिदैन । तर, त्यही बालकले समुन्द्र किनारमा गएर गीत गायो भने ?
समुन्द्र किनारमा उभिएर गीत गाएमा जेल जानुपर्छ ।

ह्ङकङको नियम के छ भने, १८ बर्षभन्दा कम उमेरकाले मदिरा पिउन पाउँदैन । तर, खरिद गर्न भने सक्छन् । यहाँ ९ बर्षसम्मका बच्चाले भोड्का खरिद गर्न सक्छन् । केवल बार र पबमा मात्र बच्चालाई मदिरा सर्भ गर्न निषेध छ । अब बच्चालाई मदिरा किन्न चाहि दिइन्छ, तर पिउन दिइन्न । कुरा गजब छ ।

अझ गजब त के भने यहाँ समुन्द्र किनारमा गएर गीत गाउन मनाही छ । यदि त्यसो गरिएमा एक वा दुई हप्तासम्म जेलको हावा खानुपर्छ । यदि त्यहाँ गउनु नै छ भने स्थानिय स्तरबाट अनुमति लिनुपर्छ ।

Logo