ग्लोबल आइएमई बैंक अब संयुक्त अधिराज्य बेलायतमा पनि

ग्लोबल आइएमई बैंक अब संयुक्त अधिराज्य बेलायतमा पनि

केन्द्रबिन्दु
0
Shares

ग्लोबल आइएमई बैंकले आफ्नो सम्पर्क कार्यालय बेलायतकोे एल्डरसर्ट मा पनि सुरु गरेको छ । ग्लोबल आइएमई बैंकले नेपालमा सञ्चालित वाणिज्य बैंक मध्ये पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय बिस्तार गरेको हो ।

संयुक्त अधिराज्य बेलायतको एल्डरसर्ट स्थित सम्पर्क कार्यालयको एक समारोहका विच नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले उद्घाटन गर्नुभयो ।

सम्र्पक कार्यालय उद्घाटन गर्दे नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले नेपालमा सञ्चालित बाणिज्य बैंकहरु मध्ये ग्लोबल आइएमई बैंकले पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्र्पक कार्यालय खोल्न सफल भएकोमा बधाई ज्ञापन गर्दै सफलताको कामना गर्नुभयो ।

सोहि कार्यक्रममा संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीले आफ्नो मन्तव्य राख्दै ग्लोबल आइएई बैंक लि.ले देश भित्र मात्र नभएर देशबाहिर समेत प्रदान गरिरहेका सेवा सुविधाको प्रशंशा गर्दै बैंकको प्रगतिको कामना गर्नुभयो ।

उक्त सम्पर्क/प्रतिनिधि कार्यालयको उद्घाटन समारोहमा बोल्दै ग्लोबल आइएमई बैंक लि.का अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंकले संयुक्त अधिराज्य बेलायतमा सम्र्पक कार्यालय खोलेर हासिल गरेको नयाँ उपलब्धिले नेपालको आर्थिक बिकासमा नयाँ तरङग ल्याउने बिश्वास व्यक्त गर्नुभयो ।

साथै उहाँले बैंकले देश भित्र ७ वटै प्र्रदेशमा आफ्नो सेवा विस्तार गरिसेकेको र देश बाहिर पनि अन्य धेरै मुलुकहरुमा आफ्नो सम्पर्क प्रतिनिधि कार्यालयहरु संचालन गरेर सम्पूर्ण नेपालीहरुमाझ बैंकको सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताउदैँ विदेशमा पनि शाखा कार्यालय विस्तारमा अगाडी बढ्ने समेत जानकारी गराउनुभयो ।

साथै उहाँले नेपालमा लागानीको लागि प्रशस्त सम्भावनाहरु रहेकोले लगानीका लागि बेलायत स्थित व्यवसाथीहरुलाई आग्रह समेत गर्नुभयो ।

उक्त समारोहमा बेलायतका उच्च पदस्थ ब्यक्तिहरुले आफ्नो मन्तब्य ब्यक्त गदै ग्लोबल आइएमई बैंक लि.ले बेलायतमा सम्र्पक÷प्रतिनिधि कार्यालय सुरु गरेको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभयो ।

Skip This
Skip This
Logo