बिहे अघि नै हनिमुन मनाउन पुगिन् यी अभिनेत्री

बिहे अघि नै हनिमुन मनाउन पुगिन् यी अभिनेत्री

केन्द्रबिन्दु
0
Shares

‘बिग बोस’ सिजन ५ का प्रतिस्पर्धी महक चहल अहिले ब्वाईफ्रेन्डसँग हनिमुनमा छन् । ब्वाइफ्रेन्ड हुन् अश्मित पटेल । हनिमुन डेस्टिनेशन चाहि श्रीलंका । आश्चर्य लाग्न सक्छ, ब्वाइफ्रेन्ड/गर्लफ्रेन्ड कसरी हनिमुन ?

उनीहरुको यो प्री वेडिङ हनिमुन हो । गएको सुक्रबार यो जोडी श्रीलंका पुगेका हुन् । एमएमएस र मर्डर क्राइममा आधारित फिल्म ‘निर्दोष’ को रिलिजपछि उनीहरु त्यता गएका हुन् । उनीहरुले एक हप्ता त्यहाँ विताउने बताइएको छ । महकले सलमान खान स्टारर सुपरहिट फिल्म वान्टेडमा अहंम भूमिका निभाएका थिए ।

समाचार अनुसार महकले जुनमा अश्मित पटेलसँग बिहे गर्दैछन् । उनीहरुको बिवाह लन्डनमा हुनेछ । बिबाह समारोहमा दुबै पक्षका नातेदार र साथीभाई निम्त्याएको छ ।
भनिहालौं, अश्मित पटेल बलिउड अभिनेत्री अमीषा पटेलका भाई हुन् ।

Logo