तेजबहादुर चौधरीले आफ्नै बुबाको हत्या गरे

तेजबहादुर चौधरीले आफ्नै बुबाको हत्या गरे

केन्द्रबिन्दु
0
Shares

दाङ

दाङको तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिरस्थित तेजबहादुर चौधरीले आफ्नै बुबाको हत्या गरेको प्रहरीले जनाएको छ । 

गएराति सामान्य घरायसी विवादपछि चौधरीले ५२ वर्षीय बाबुराम चौधरीको खुकुरीले घाँटी रेटी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ । 

हत्यापछि चौधरीले घरकै भान्सा कोठामा झुण्डी आफै आत्महत्या गरेको जस्तो देखाएको प्रहरीले जनाएको छ । हत्या गर्ने तेजबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल राखिएको प्रहरीले जनाएको छ । रासस

Logo