रमेश खड्का तीन लाख नगद सहित पक्राउ

रमेश खड्का तीन लाख नगद सहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अख्यियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी असईलाई रंगेहात पक्राउ गरेको छ ।

अख्तियारले महानगरिय प्रहरी कार्यालय प्रहरी परिचालन कक्ष रानीपोखरी कन्ट्रोलमा कार्यरत असइ रमेश खड्कालाई तीन लाख घुस सहित पक्राउ गरेको जनाएको छ ।

काठमाडौंको पेप्सीकोलामा रहेको स्किम बचत तथा ऋण सहकारी संस्था घाटामा गएपछि संस्था सञ्चालनको समयमा ग्यारेण्टी गरेको कागज हराएको जनाएको छ ।

सहकारीको ग्यारेण्टी गरेका संचालकका बुवाले सहि गरेको कागज लुकाइएपछि विवाद सुरु भएको थियो ।

सम्बन्धित लेनदेनको कागजले लुकाएर पीडितसँग बार्गेनिङ गरेपछि पीडितले उजुरी दिएका थिए ।

टोलीले उनलाइ तीन लाख घुस लिँदा लिँदै पक्राउ गरेको हो ।

Logo