सिलवाल पक्रन गएको प्रहरी टोली रित्तो हात फर्कियो

सिलवाल पक्रन गएको प्रहरी टोली रित्तो हात फर्कियो

केन्द्रबिन्दु
0
Shares

ललितपुर 

प्रहरीको फरार सूचीमा रहेका प्रहरीका पूर्वडीआइजी एवं ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सांसद नवराज सिलवाललाई पक्राउ गर्न पुगेका प्रहरी टोली रित्तो हात फर्किएको छ । 

आइतबार बिहान महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी नकुल पोखरेल, ४ प्रहरी निरीक्षकसहितको १ सय ५० जनाको जम्बो टोली भट्टेडाँडा पुगेका थियो ।  

प्रहरी मुख्यालयबाट बिहान ४ बजे भट्टेडाँडा खटिएको टोलीले सिलवाललाई सो क्षेत्रमा ४ घण्टा खोजेको थियो । फेला पार्न नसकेपछि बिहान ९ बजे रित्तोहात फर्कियो । 

सिलवाल ललितपुरको दक्षिणी भेगमा रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) टोली व्यापकरुपमा परिचालन गरिएको बताइएको छ । 

टोलीले आइतबार दिनभरजसो विभिन्न क्षेत्रमा सर्च गरेको छ ।

प्रहरीको विशेष सुकराकीको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरको सहयोगमा महाराजगन्ज गणको प्रहरी टोली भट्टेडाँडा पुगेको थियो ।  नेपाल समाचारपत्र

Logo