काठमाडौं
गृह मन्त्रालयले कस्तो खालको राष्ट्रिय झन्डा राख्ने भन्ने निर्णय गर्न नसक्दा सातै प्रदेशका प्रमुख चार दिन देखि झन्डाविहीन गाडीमा हुइँकिइरहेका छन् । "/>

किन पाएनन् प्रदेश प्रमुखले झन्डावाला गाडी ? यस्तो छ कारण..!

किन पाएनन् प्रदेश प्रमुखले झन्डावाला गाडी ? यस्तो छ कारण..!

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
गृह मन्त्रालयले कस्तो खालको राष्ट्रिय झन्डा राख्ने भन्ने निर्णय गर्न नसक्दा सातै प्रदेशका प्रमुख चार दिन देखि झन्डाविहीन गाडीमा हुइँकिइरहेका छन् । प्रदेशको राष्ट्रपतिसरह मान्यता दिइए पनि गृहका कर्मचारीले ध्यान दिन नसक्दा प्रदेश प्रमुखहरू झन्डावाला गाडी चढ्नबाट वञ्चित भएका हुन् । प्रदेश प्रमुख सम्बन्धी व्यवस्था पहिलोपटक गरिएकाले तत्काल झन्डाको व्यवस्थापन गर्न नसकिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले बताए ।

गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिए लगत्तै गृह मन्त्रालयले प्रदेश प्रमुखहरूलाई सामान्य खालको स्कोर्पियो गाडी जोहो गरेको थियो । हतारमा गाडीको जोहो भए पनि तत्काल राष्ट्रिय झन्डा फहराउने व्यवस्था गर्न नसकिएको दुवाडीले स्विकारे । प्रदेश प्रमुख केन्द्रीय सरकारको प्रतिनिधि समेत हुन् । उनीहरूले आइतबार सातै प्रदेशका अस्थायी मुकाममा पुगेर प्रदेशका सांसदलाई शपथ खुवाए । शुक्रबार राष्ट्रपति कार्यालयमा आफैं शपथ लिएर बाहिरिँदा र आइतबार प्रदेश सांसदहरूलाई शपथ खुवाएर बाहिरिँदा समेत उनीहरूले झन्डावाला गाडी चढ्न पाएनन् ।

गृह मन्त्रालयले गत शुक्रबार नै प्रदेश १ का प्रमुख गोविन्द सुब्बा, प्रदेश २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ का अनुराधा कोइराला, प्रदेश ४ का बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, प्रदेश ६ का दुर्गाकेशर खनाल र प्रदेश ७ का मोहनराज मल्ललाई विभिन्न मन्त्रालयले प्रयोग गर्दै आएको गाडी दिएको थियो।

प्रदेश प्रमुखको सुविधा :

मासिक पारिश्रमिक ६४ हजार

पोसाक सुविधा प्रतिवर्ष १८ हजार

अतिथि सत्कार तथा भैपरी खर्च मासिक ४० हजार

स्वदेश भ्रमणभत्ता प्रतिदिन ३ हजार

विदेश भ्रमणभत्ता प्रतिदिन २५० डलर

बिमा १५ लाख

सचिवालय कर्मचारी १२ जना

अन्नपूर्णबाट

Logo