डोटी
सात नम्बर प्रदेशको राजधानी दिपायल माग्दै २६ दिन देखि जारी आन्दोलनको स्वरुप फेरिएको छ । आसन्न राष्ट्रिय सभा निर्वाचनलाई ‘उपयोग’ को रणनीति अनुसार संघर्ष समितिले स्वरुप फेर्ने निर्णय गरेको हो । "/>

दिपायल आन्दोलनको स्वरुप फेरियो, यातायात र बजार खुल्यो

दिपायल आन्दोलनको स्वरुप फेरियो, यातायात र बजार खुल्यो

केन्द्रबिन्दु
0
Shares

डोटी
सात नम्बर प्रदेशको राजधानी दिपायल माग्दै २६ दिन देखि जारी आन्दोलनको स्वरुप फेरिएको छ । आसन्न राष्ट्रिय सभा निर्वाचनलाई ‘उपयोग’ को रणनीति अनुसार संघर्ष समितिले स्वरुप फेर्ने निर्णय गरेको हो । डोटीमा भइरहेको आन्दोलनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले राष्ट्रिय सभाको लागि डोटीमा खुलेको निर्वाचन अधिकृतको कार्यालय सार्ने तयारी गरिरहेको थियो ।

तर संघर्ष समितिले निर्वाचन डोटीमै गर्ने गरी बातावरण तयार गर्ने निर्णय गरेको छ । मतदानका लागि जिल्लामा आउने प्रदेश सभाका सांसद तथा जनप्रतिनिधीहरुलाई दिपायलका पक्षमा पार्न ‘लबिङ’ गर्ने रणनीति अनुसार अघि बढ्ने निर्णय गरिएको छ। आन्दोलनकारीहरुको निर्वाचनको बातावरण बनाउने निर्णयलाई राष्ट्रिय सभाको ७ नम्बर प्रदेशका निर्वाचन अधिकृत जयानन्द पनेरुले स्वागत गरेका छन् ।
नागरिकबाट

 

Skip This
Skip This
Logo