काठमाडौं
निर्वाचन आयोगमा अहिले सम्म १०० भन्दा बढी राजनीतिक दलले आयव्यय विवरण बुझाएका छन् । साउन देखि अहिले सम्म आव २०७३,७४ को १०७ राजनीतिक दलले आयव्यय विवरण बुझाएको आयोगका कानून तथा राजनीतिक दल सम्बन्ध शाखाका शाखा अधिकृत घमचन्द्र तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल लगायत दलले आयव्यय विवरण बुझाएका छन् ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७४, दफा ४२ मा दलले लेखा परीक्षण गराई आव सुरु भएको ६ महिना भित्र आयोगमा आयव्यय विवरण बुझाउनु पर्ने उल्लेख छ । आयोगमा १ सय ३७ दल दर्ता भए पनि पार्टी एकीकरण हुँदा अहिले त्यो संख्या १२५ पुगेको छ । तिमिल्सेनाले माघ भित्र आयव्यय विवरण बुझाउने समयसीमा रहेको र तोकिएको समयमा आयव्यय विवरण नबुझाउने दललाई १० हजार रुपैयाँ जरिवाना गरिने बताए ।
रासस





























प्रतिक्रिया