५ डिआइजीको एआइजीमा बढुवाकोे सिफारिस [सूचिसहित ]

५ डिआइजीको एआइजीमा बढुवाकोे सिफारिस [सूचिसहित ]

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गृहमन्त्रालयले सशस्त्र प्रहरी बलका ५ डिआइजीहरुको बढुवा सिफारिस गरेको छ । सशस्त्र प्रहरी बलका ५ जना डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको हो।

गृहसचिव मोहनकृष्ण सापकोटा नेतृत्वको बढुवा समितिले निराकारम विक्रम शाह, खडानन्द चौधरी, जानकीराज भट्टराई, सुबोध अधिकारी र राजेश श्रेष्ठलाई सिफारिस गरेको हो ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले नाम सिफारिस गरेको हो।

सोही सिफारिसका आधारमा सरकारले बढुवा गर्नेछ।

Logo