जब यी पार्टी गर्लले अन्डरगार्मेन्टमा ड्रग लुकाइन्

जब यी पार्टी गर्लले अन्डरगार्मेन्टमा ड्रग लुकाइन्

केन्द्रबिन्दु
0
Shares

ड्रगको कारोबारमा अनौठा–अनौठा तरिकाहरु अपनाइन्छ । यी युवतीले पनि त्यस्तै तरिका अपनाइन् । उनी हुन्, अष्ट्रेलियाकी पार्टी गर्ल अमान्डा अर्बिक । उनी यसअघि नै यस्ता लफडामा परिसकेकी छिन् ।

यसपाली उनी ड्रग चोरी गरेको आरोपमा पक्राउ परिन् । यी पार्टी गर्लले अन्डरगार्मेन्टमा ड्रक लुकाएर लग्दै गरेको अवस्थामा फेला पारियो । यतिबेला उनी नसाले लठ्ठीएकी थिइन् ।

यसअघि उनले क्रेडिट कार्ड र इमेल चोरीको आरोपमा सजाय खेपिसकेकी छिन् । नसाको लत छुटेपछि केहि आरोपहरुमा उनलाई माफी पनि दिइएको थियो ।
यसपाली भने उनी नराम्ररी लफडामा परिन् ।

नसाको सुरमा ड्रग लुकाउँदा लुकाउँदै उनी पक्राउ परिन् । सोधपुछपछि उनको मानसिक अवस्था पनि ठिक नभएपछि उनलाई अस्पतालमा भर्ना गराउनुप-यो ।

सिड्नीको बेलेभ्यू हिलमा बस्ने २६ बर्षिय अमान्डा यसअघि पनि रिह्याब सेन्टरमा बसेर छुटेकी हुन् । रिह्याब सेन्टरमा बसेपछि उनको कुलत छुट्छ भन्ने अपेक्षा थियो । तर, त्यसो भएन । अब उनलाई माफी गर्न लायक नभएको भनिन्छ ।

Logo