शपथ समारोहमा भाग लिन दीपक मनाङेलाई पत्र काटियो

शपथ समारोहमा भाग लिन दीपक मनाङेलाई पत्र काटियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

मनाङबाट निर्वाचित सांसद दीपक मनाङेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले शपथ समारोहमा भाग लिन पत्र काटेको छ । पोखरामा प्रदेश नम्बर ४ का सांसदहरुको सपथ ग्रहण कार्यक्रम हुँदैछ । प्रशासनले पत्र काटेपनि उनको सहभागि हुने सम्भावना न्यून रहेको छ । यता मनाङेलाई प्रहरीको खोजी कार्य तिव्र बनाएको छ ।

ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्च अदातलले सदर गरेपछि शपथ लिएर संसदमा पस्ने बेला मनाङेले ५ वर्ष जेल सजाय भोग्नुपर्ने अवस्था आएको छ ।

सर्वोच्चको आदेशसँगै सपथ नै नलिई मनाङेको पद स्वतः निलम्बनमा परिसकेको छ । तर निर्वाचन आयोगले यसबारे निर्णय नगरेकाले अरु सांसदलाई जस्तै उनलाई पनि शपथमा भाग लिन पत्र पठाइएको हो ।

संविधानमा नैतिक पतन भएका फौजदारी मुद्दामा दोषी ठहर भएका व्यक्तिले सांसद बन्न नपाउने व्यवस्था छ ।

Logo