कालिकोट
कालिकोटमा भाइरल ज्वरो सहितको निमोनियाका कारण एक सातामा एकै टोलका तीन जना शिशुको मृत्यु भएको छ । भाइरल ज्वरो सहित निमोनियाका कारण खाँडाचक्र नगरपालिका वडा नं. ४ ताडिका बाँचे विककी १ महिना की नातिनी रश्मी विक, दत्त विकका ९ महिनाको छोरा लक्ष्मण विक र गोवि विकको १६ दिनको छोराको मृत्यु भएको हो।अत्याधिक जाडोका कारण झण्डै दुई साता अगाडि देखी कालिकोट जिल्लाका विभिन्न वस्तीहरुमा देखिएको भाइरल ज्वरोले बालबच्चाहरुमा कडा खालको निमोनिया देखिएको र भाइरल ज्वरोको कारण शिशुहरुको मृत्य भएको जिल्ला अस्पताल कालिकोटका प्रमुख कौशल अलीले बताए।
जाडो महिनामा बच्चाहरुलाई चिसोले छिटो छुने भएकाले बच्चाहरुमा कडा खालको निमोनिया देखिएको उनले बताए। मृत्यु भएका शिशुको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा र जिल्ला अस्पताल कालीकोटमा उपचारकै क्रममा मृत्यु भएको परिवारले जनाएका छन् ।
९ महिने बालक लक्ष्मणको जिल्ला अस्पताल कालिकोटमा उपचार गर्दागर्दै मंगलबार राति मृत्य भएको हो भने गोवि विकको १६ दिनको छोरालाई उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । दुई साता अगाडि देखी कालिकोट जिल्लामा देखिएको मौसमी रुघाखोकी तथा भाइरल ज्वरोले महामारीको रुप लिन थालको छ। जिल्ला सदरमुकाम नजिकैको वस्तीमा तीन जना शिशुको मृत्यु भएको र खाँडाचक्र नगरपालिका वडा नं. २ र ४ मा मात्र पाँच सय जना भन्दा बढी नागरिक बिरामी परेको निमित्त प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले जानकारी दिए।
अन्नपूर्णबाट





























प्रतिक्रिया