मकवानपुर
प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले संविधान अनुसार देश विकासमा अघि बढ्न सबै पक्षलाई आग्रह गरेकी छिन् । "/>

अनुराधालाई हेटौंडामा यसरी गरियो स्वागतः हिजै पदभार ग्रहण

अनुराधालाई हेटौंडामा यसरी गरियो स्वागतः हिजै पदभार ग्रहण

केन्द्रबिन्दु
0
Shares

मकवानपुर
प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले संविधान अनुसार देश विकासमा अघि बढ्न सबै पक्षलाई आग्रह गरेकी छिन् । राष्ट्रपति बिद्यादेवी भण्डारीबाट सपथ लिएर शनिबार प्रदेशको अस्थायी राजधानी हेटौंडा पुगेकी उनले पदभार ग्रहणपछि संक्षिप्त मन्तव्य व्यक्त गर्दै सबैको सहकार्यमा संविधानको भावना र मर्म अनुरुप कार्य अगाडि बनाउदै देश बिकासमा सहभागी बन्न आग्रह गरिन् ।

निक्कै शान्त र भद्र रुपमा प्रस्तुत भएकी उनले ३ नम्बर प्रदेश प्रमुख कार्यालयमा साँझ करिब ६ बजे पदभार ग्रहण गरेकी हुन् । प्रदेश प्रमुख कोइरालालाई प्रतिनिधि सभा मकवानपुर क्षेत्र नम्बर १ का साँसद कृष्णप्रसाद दाहाल, प्रदेश साँसदहरु डोरमणि पौडेल, कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, मुनु सिग्देल, जुनेली श्रेष्ठ लगायतले फूलको गुच्छा र खादाले स्वागत गरेका थिए।

यसैबीच ३ नम्बर प्रदेश अन्तर्गतका १३ जिल्लाका ११० जना प्रदेश साँसदहरुको सपथ ग्रहण आज हुने भएको छ । प्रदेश सचिवालयमा प्रदेश सभा साँसदहरुको सपथ ग्रहण बिहान ११ बजे गराईने मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेले जानकारी दिए । क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाको भवनलाई प्रदेश सचिवालय बनाईएको छ ।
नागरिकबाट

Logo