काठमाडौं

प्रदेश सभा सदस्यलाई (आज ) आइतबार प्रदेश प्रमुखले शपथ गराउने कार्यक्रम तय भएको छ । "/>

प्रदेशसभा सदस्यको शपथ ग्रहण आज हुँदै

प्रदेशसभा सदस्यको शपथ ग्रहण आज हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रदेश सभा सदस्यलाई (आज ) आइतबार प्रदेश प्रमुखले शपथ गराउने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालयमा शुक्रबार प्रदेश प्रमुखसँग आयोग पदाधिकारीले गरेको अनौपचारिक छलफलमा आइतबार ११ बजे भित्र प्रदेश सभा सदस्यलाई शपथ ग्रहण गराउने सहमति भएको थियो । ‘आइतबार बिहान प्रदेशको सम्बन्धित राजधानीमा प्रदेश सभा सदस्यलाई शपथ ग्रहण गराउने तय भएको छ,’ प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले भने । आयोगले सोही दिन दिउँसो राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको नामावली सार्वजनिक गर्दैछ । राष्ट्रिय सभा निर्वाचनका मतदाता स्थानीय तहका प्रमुख र उपप्रमुखसहित प्रदेश सभा सदस्य पनि हुन् । शपथग्रहणका लागि सबै प्रदेशमुकामहरुमा तयारी पूरा भएको बताइएको छ । 

नयाँ पत्रिकाबाट

Logo