काठमाडौं,६,माघ
केन्द्रविन्दु समाचारदाता

पर्साको छप्कैया स्थित ५० बिघा जमिन भारत तर्फ पारिएकोमा आपत्ति जनाउँदै ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल र सिमानामा काँडेतार अभियानका अभियन्ता नवल खडकाको नेतृत्वमा धर्ना एवम बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । "/>

ग्रेटर नेपालद्धारा नापी विभाग परिसरमा बिरोध प्रदर्शन

ग्रेटर नेपालद्धारा नापी विभाग परिसरमा बिरोध प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,६,माघ
केन्द्रविन्दु समाचारदाता

पर्साको छप्कैया स्थित ५० बिघा जमिन भारत तर्फ पारिएकोमा आपत्ति जनाउँदै ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल र सिमानामा काँडेतार अभियानका अभियन्ता नवल खडकाको नेतृत्वमा धर्ना एवम बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । विरोध स्वरुप नापी बिभागको केन्द्रिय कार्यालय परिसर मिनभवनमा धर्ना दिइएकोे थियो ।

कार्यक्रममा बोल्दै ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले ग्रेटर नेपालको जमिन बैधानिक रुपमा नेपालको भईसकेको स्थितीमा, भई रहेको जमिन समेत भारतले अतिक्रमण गरेकोमा आपत्तिजनक रहेकोले खेद प्रकट गरे । सयौंको संख्यामा उपस्थित कार्यक्रममा बोल्दै सिमानामा काँडेतार अभियानका अभियन्ता नवल खड्काले गुमेको भु–भाग फिर्ता पाउनु पर्ने र सिमानामा काँडेतारको बार लगाउनु पर्ने बताए ।

हाम्रो १ इन्च जमिन पनि हामी बिदेशी भूमीमा पर्न दिने छैनौं । गुमेको भूमी प्राप्तीका लागि जस्तोसुकै बलिदानी गर्न पनि तयार भएको र प्राप्ती नहुन्जेल सम्म आन्दोलन जारी रहने भन्दै यो विषयमा तराईका नेता र राजनीति पार्टीहरुले पनि अब प्रतिकारमा उत्रनु पर्ने उनको सुझाव थियो । त्यस्तै नापी बिभागका कार्यकारी गणेश प्रसाद भट्टले ५ बिघा नेपाली भूमी मात्र भारत तर्फ परेको र अरु बाँकी कुरा हल्ला मात्र भएको हाँस्यास्पद जवाफ दिएका थिए ।

Logo