काठमाडौं,६,माघ
मेलम्ची खानेपानी आयोजनाको खर्चमा खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव विदेश भ्रमण जान लागेका छन् । कुनै विशेष कार्यक्रम नभए पनि पदावधि सकिन लागेका बेला उनी आयोजनाको खर्चमा अर्को साता स्पेन जान लागेका हुन् । मन्त्री यादवको एक साता विदेश भ्रमण प्रस्ताव मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको छ । भिआइपीको विदेश भ्रमण सम्बन्धित देशका निकायको निम्तोमा हुने भए पनि मन्त्री यादवको भ्रमण सरकारी नभई व्यक्तिगत हुनेछ । मन्त्रालयका एक सचिवले भने –’मन्त्री नै विदेश जानुपर्ने कुनै औपचारिक कार्यक्रम छैन । कार्यक्रम नै नभए पनि घुमफिरका लागि मेलम्ची आयोजनाको खर्चमा उहाँ घुम्न जान लाग्नु भएको हो ।’
‘मन्त्रीको कुनै सरकारी अधिकारीसँग भेटघाट पनि छैन,’ मन्त्रालय स्रोतले भन्यो, ‘युरोपेली मुलुक घुमेर मात्र फर्किने हो ।’ मन्त्रीको विदेश भ्रमणको चाँजोपाँजो भने मेलम्ची खानेपानी विकास समितिले मिलाएको हो । समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले पनि मन्त्री यादवसँगै विदेश जान मन्त्रालयमा प्रस्ताव पठाएका थिए । तर उनको फाइल भने मन्त्रालयले रोकेको छ । ‘मेलम्ची खानेपानी आयोजनाको कामलाई तीव्रता दिनु पर्नेमा देवकोटा पनि जान खोज्नु भएको थियो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘उहाँको भ्रमण कार्यक्रम मन्त्रालयले रोक्यो ।’
नागरिकबाट





























प्रतिक्रिया