काठमाडौं,६,माघ
युरोप र खाडी मुलुकमा बैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै बिभिन्न व्यक्तिहरुसँग लाखौं ठग्दै आएका पारस लोहनी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले लामो समय देखि ठगी कार्यमा संलग्न नुवाकोट घर भएका लोहनीलाई काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।
लोहनीले सिंगापुर, पोर्चुगल फ्रान्स तथा माल्टामा जस्ता मुलुकमा पठाउने भनेर आईएमई मार्फत पैसा लिएर पासपोर्ट समेत फिर्ता गरेका थिएनन । लोहनीले बुद्धिराज गुरुङ समेत ९ जनाको ४८ लाख, युवराज भट्टराईबाट ११ लाख ६० हजार ठगी गरेका छन् । भट्टराईसँग भने उनले श्रमको कागज गरिदिएको बताइएको छ । त्यस्तै हेम्जोङ गुरुङबाट १२ लाख ५० हजार तथा महेन्द्र शेरचनबाट १४ लाख ठगेको महाशाखाले जनाएको छ । महेन्द्र शेरचनलाई उनले १४ लाखको चेक दिएपनी बाउन्स भएको छ । उनी बिरुद्द ठगीमा मुद्दा चलाउने महाशाखाले जनाएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया