पत्रकार जोशी सम्मानित

पत्रकार जोशी सम्मानित

केन्द्रबिन्दु
0
Shares

माघ ।

कालापानी श्रृजनशील पत्रकारिता पुरस्कार २०७४ बाट सारथी एफ.एम. दार्चुलामा कार्यरत पत्रकार लोकेन्द्र प्रशाद जोशी पुरुस्कृत भएका छन ।

दार्चुला जिल्लामा सुशासन, पारदर्शीता, जवाफदेहिता र सञ्चारको क्षेत्रमा क्रियासिल नागरीक संस्था मिडिया बिकास समाज नेपालद्धारा स्थापना गरीएको कालापानी श्रृजनशील पत्रकारिता पुरस्कारबाट शुक्रबार पत्रकार जोशी सम्मानित भएका हुन ।

मिडिया बिकास समाज नेपाल दार्चुलाको दशौ साधारणसभामा जोशीलाइ सम्मानपत्रका साथै पुरस्कार राशी रु. ५ हजार १ सय ११ रुपैया नगद सहित सम्मानित गरीएको मिडिया बिकास समाज नेपालका कार्यकारी निर्देशक एब. पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिह धामीले जानकारी दिनुभयो ।

दार्चुला जस्तो बिकट क्षेत्रमा बिबिध चुनौतिका बिच पत्रकारीताको क्षेत्रमा क्रियाशिल भएर काम गरेको भन्दै जोशीलाइ सम्मानित गरीएको उहाले जानकारी दिनुभयो ।

दार्चुला जिल्लाको लेकम गाउँपालीका ५ मैखोली घर भएका जोशी बिगत २ बर्षदेखी पत्रकारीता क्षेत्रमा क्रियाशिल छन् । एक लाख अक्षयकोष रहेको उक्त पुरुस्कारबाट हरेक बर्ष सञ्चारको क्षेत्रमा योगदान पुर्याएका एक जना पत्रकारलाइ सम्मानित गरीदै आएको छ ।

Logo