डिल्लीबजार जेलबाट दुई कैदी फरार

डिल्लीबजार जेलबाट दुई कैदी फरार

केन्द्रबिन्दु
0
Shares

डिल्लीबजार जेलबाट दुई कैदी फरार भएका छन् । जेलको काँडेतार काटेर उनीहरु फरार भएका हुन ।

लुटपाट तथा डकैती मुद्दामा लामो समय देखि जेल सजाय काटि रहेका टीका थापा मगर र भुपाल थापा मगर फरार भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी तथा प्रवक्ता पूर्णचन्द्र जोशीले फरार हुन सफल भएका उनीहरु मध्ये भुपाललाइ भने प्रहरीले पक्राउ गरेको बताए ।

बिहीबार राति कारागारमा रहेको गलैंचा कारखानाको तार काटेर उनीहरु भागेका थिए । प्रहरीको मिलोमतोमा कैदी भागेको हुन सक्ने भन्दै प्रहरीले डिउटीमा रहेका प्रहरीमाथि नै अनुसन्धान सुरु गरेको प्रवक्ता जोशीले बताए ।

Logo