दोलखा,५,माघ

दोलखामा सञ्चालित सबै निजी अस्पताल मापदण्ड विपरीत रहेका पाइएको छ ।  जिल्लामा सञ्चालित कुनै पनि निजी अस्पतालले सरकारी मापदण्ड अनुसारको भवन, जनशक्ति तथा प्रविधि निर्देशिका पालना गरेका छैनन् । "/>

दोलखाका सबै निजी अस्पताल मापदण्ड विपरीत

दोलखाका सबै निजी अस्पताल मापदण्ड विपरीत

केन्द्रबिन्दु
0
Shares

दोलखा,५,माघ

दोलखामा सञ्चालित सबै निजी अस्पताल मापदण्ड विपरीत रहेका पाइएको छ ।  जिल्लामा सञ्चालित कुनै पनि निजी अस्पतालले सरकारी मापदण्ड अनुसारको भवन, जनशक्ति तथा प्रविधि निर्देशिका पालना गरेका छैनन् । जिल्लामा तीन वटा निजी अस्पताल, केही पोलिक्लिनिक, केही डेण्टल अस्पताल र मेडिकल सञ्चालनमा रहेपनि ती सबै मापदण्ड विपरीत भएको सरोकारवाला निकायले नै बताएका छन् ।

भीमेश्वर नगरपालिका वडा नं ३ र ६ मा पर्ने दोलखा सदरमुकाम चरिकोटमा दुई वटा निजी अस्पताल रहेका छन् भने वडा नम्बर २ मा पर्ने दोलखा बजारमा एउटा निजी अस्पताल रहेको छ । त्यसैगरी बैतेश्वर गाउँपालिकाको मैनापोखरीमा गैरसरकारी संस्थाले सञ्चालन गरेको एउटा निजी अस्पताल रहेको छ । सदरमुकाम चरिकोट र विभिन्न गाउँपालिकामा पोलिक्लिनिक समेत सञ्चालनमा छन् , सदरमुकाम चरिकोटमा ५५ शैयाको च्छो रोल्पा जनरल अस्पताल र १५ शैयाको दोलखा सामुदायिक अस्पताल रहेको छ । दोलखा बजारमा ५५ शैया बनाउने तयारीमा रहेको गौरीशंकर सामुदायिक अस्पताल रहेको छ । त्यसैगरी मैनापोखरीमा २५ शैयाको बनाउने तयारीमा रहेको हिमालय केयर हेण्डले सञ्चालन गरेको सामुदायिक अस्पताल रहेको छ ।

यी अस्पतालले सरकारी मापदण्ड पूरा गर्न कागजमा सबै कुरा उल्लेख गरेको भए पनि काम गर्न भने एक÷दुई जना एमबिबिएस डाक्टर, केही स्टाफ नर्स, एचए (स्वास्थ्य सहायक), अनमी लगायत मात्र राखेर अस्पताल सञ्चालन गर्दा दोलखाका नागरिक स्वास्थ्य चेकजाँचको उच्च जोखिममा देखिन थालेका छन् । अस्पतालको परिसर र भवन पनि सरकारी निर्देशिका अनुसार नभएको र भूकम्प प्रतिरोधी समेत नरहेको अस्पताल सञ्चालक नै स्वीकार गर्छन् । सरकारले लागू गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका–०७० को दफा १९ को १ मा २५ शैया सम्मको अस्पताललाई एमबिबिएस चार जना, बिएन नर्सिङ एकजना, स्टाफ नर्स पाँचजना र विशेषज्ञ डाक्टर नभए पनि एमडिजिपी एकजना अनिवार्य गरेको छ ।
रासस

Logo