काठमाडौं,५,माघ
पेशागत सुरक्षा एवं एघार बुँदे माग राख्दै देशव्यापी आन्दोलन गर्दै आएका नेपाल नर्सिङ संघका पदाधिकारी र सरकारी वार्ता टोली बीच सहमति भएको छ । "/>

सरकारी वार्ताटोलीसँग ११ बुँदे सहमति पछि नर्स आन्दोलन स्थगित

सरकारी वार्ताटोलीसँग ११ बुँदे सहमति पछि नर्स आन्दोलन स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,५,माघ
पेशागत सुरक्षा एवं एघार बुँदे माग राख्दै देशव्यापी आन्दोलन गर्दै आएका नेपाल नर्सिङ संघका पदाधिकारी र सरकारी वार्ता टोली बीच सहमति भएको छ । बिहीबार राति सहमतिपत्रमा हस्ताक्षर गरेपनि नर्सिङ संघले एक महिना भित्र कार्यान्वयन गर्न अल्टिमेटम दिंदै जारी आन्दोलनलाई स्थगित गरेको छ। नौ दिन देखि संघका पदाधिकारी आन्दोलित थिए। संघले अघि सारेका सबै माग कार्यान्वयनका लागि शीघ्र पहल गरिने स्वास्थ्य मन्त्रालयद्वारा गठित उच्चस्तरीय वार्ता टोलीका संयोजक डा. विनोद मान श्रेष्ठले जानकारी दिए।

सहमति भएका सबै बुँदा बारे मन्त्रालयकी सचिव डा.पुष्पा चौधरीलाई जानकारी गराएर कार्यान्वयनतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले एक महिनाका लागि आन्दोलन स्थगित गरिएको बताइन्। उनले भनिन, ‘मागहरु कार्यान्वयन गर्न सहमति भएको छ । तर एक महिना भित्र कार्यान्वयन नभए फेरि आन्दोलन गर्न बाध्य हुन्छौं।’ ११ बुँदे सहमतिपत्रमा मन्त्रालयको वार्ता टोलीका संयोजक डा. श्रेष्ठ र नर्सिङ संघको वार्ता टोलीको तर्फबाट कार्यवाहक अध्यक्ष थापाले हस्ताक्षर गरेका छन्।
अन्नपूर्णबाट

Logo