काठमाडौँ, ४ माघ
सरकारी दस्तखत छाप किर्तेमा प्रहरीको खोजीमा परेका नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवाल परिवार सहित अमेरिका पुगेका छन् । "/>

नवराज सिलवाल परिवार सहित अमेरिकामा रहेको पुष्टि

नवराज सिलवाल परिवार सहित अमेरिकामा रहेको पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ४ माघ
सरकारी दस्तखत छाप किर्तेमा प्रहरीको खोजीमा परेका नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवाल परिवार सहित अमेरिका पुगेका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरीले बयानका लागि खोजी गरेपछि उनी स्थलमार्गबाट भारत हुँदै अमेरिका गएका हुन् । उच्च स्रोतका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई कार्यालयमा उपस्थित गराउन महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र काटेपछि उनी स्थलमार्ग हुँदै भारत पुगेका थिए । उनी भारतबाट मलेसिया–इन्डोनेसिया हुँदै अमेरिका पुगेका हुन् ।

ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद समेत रहेका सिलवाललाई उपस्थित गराउन काठमाडौं प्रहरीले पुस १८ मा ललितपुरलाई पत्र पठाएको थियो । उनी सोही दिन भारत पुगेको स्रोतले बतायो । उनी अमेरिका पुगेको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी गर्ने तयारी गरेको छ । ‘उनी परिवारसहित अमेरिकामा रहेको खुलेपछि नेपालको इन्टरपोल शाखा मार्फत डिफ्युजन नोटिस जारी गर्न निर्देशन आएको छ,’ विभाग स्रोतले भन्यो, ‘केही दिनमै नोटिस जारी गर्ने तयारी गरेका छौं ।’

सिलवालले आफू मलेसियामा रहेको दाबी गरेपछि प्रधान कार्यालयले त्रिभुवन विमानस्थलको अध्यागमनबाट यात्रुको विवरण मागेको थियो । सिलवाल विमानस्थलको विमानबाट बाहिरिएको विवरण फेला नपरेपछि उनी नेपालमा लुकेर बसेको र विदेश जान सक्ने भन्दै प्रहरीले विमानस्थलमा निगरानी बढाएको थियो ।
नागरिकबाट

Logo