काठमाडौँ, ४ माघ
सर्वोच्च अदालतले संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काको सक्कल मतगणना मुचुल्का झिकाउने आदेश दिएको छ । "/>

सक्कल मतगणना मुचुल्का इजलासमा बुझाउनु :सर्वोच्च

सक्कल मतगणना मुचुल्का इजलासमा बुझाउनु :सर्वोच्च

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ४ माघ
सर्वोच्च अदालतले संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काको सक्कल मतगणना मुचुल्का झिकाउने आदेश दिएको छ ।प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जवरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले हिजो खड्काको निर्वाचनको सक्कल मुचुल्का झिकाउन निर्वाचन आयोगका नाममा आदेश दिएको हो ।

मतगणनामा घोटाला भएको भन्दै खड्काले पुनः मतगणनाको आदेशको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सो मुद्दाको पुस ७ गते भएको सुनुवाइमा संवैधानिक इजलासले निर्वाचन आयोगलाई मतगणनाको मुचुल्का झिकाउन भनेको थियो । हिजो आयोगलाई आफूले प्राप्त गरेको सक्कल मुचुल्का संवैधानिक इजलासमा पेश गर्न आदेश दिएको हो ।  रासस

Logo