उर्लाबारी, मोरङ, ३ माघ
मोरङका दुई छुट्टा–छुट्टै स्थानमा गएराति भएका मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लाको सुनबर्सी नगरपालिका–६ स्थित भित्री सडकखण्डमा गए राति को २९ प ३६५६ नं को मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनबर्सी नगरपालिका–८ बस्ने २० वर्षीय दीपक कामत र पछाडि सवार २१ वर्षीय बालकृष्ण मण्डलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
यस्तै कानेपोखरी गाउँपालिका–२ स्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २ प ५१४१ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक कानेपोखरी–३ बस्ने ५० वर्षीय जितन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
रासस





























प्रतिक्रिया