७ भाई पछि कांग्रेसमा देखापर्यो अर्को युवा समूह, यस्ता छन् मागहरु

७ भाई पछि कांग्रेसमा देखापर्यो अर्को युवा समूह, यस्ता छन् मागहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २ माघ ।

नेपाली कांग्रेसमा ६ भाई समूहको चर्चा सेलाउन नपाउँदै फेरी केही युवा नेताहरुको समूह देखा परेको छ ।

७ वटै प्रदेशका १० जना युवा नेताहरुले संयुक्त रुपमा वक्तव्य जारी गरेर पार्टी नजेतृत्वलाई कांग्रेस सुद्धिकरण र सुदृढिकरण गर्न जागरण अभियान सुरु गर्न माग गरेका हुन् ।

नयाँ समूहले पार्टीको आमूल रुपान्तरणको लागि भन्दै १५ बुँदे सुझावसहितको बिचार अघि सारेको छ ।

युवा नेताहरुले भातृत्वको विकास गरी गुटबन्दी अन्त्य गर्नुपर्ने, गाउँ तहसम्म सिद्धान्त र एजेन्डामा आधारित वैचारिक जागरण अभियान सुरु गर्नुपर्ने, गम्भीर रुपमा निर्वाचनको समीक्षा गर्नुपर्ने माग गरेका छन् ।

नियमित महासमिति बैठकका सुनिश्चितता गर्नुपर्ने, निर्वाचण परिणामको जिम्मा मूल नेतृत्वले मात्र नभई केन्द्रीय समितिले नै लिनुपर्ने, समानुपातिकबाट एकपटक सांसद बनेको व्यक्तिलाई कुनैपनि हालतमा दोर्होयाउन नहुने, पार्टीलाई व्यवस्थित, प्रशिक्षित र संगठित गरेर हरेक गाउँतहसम्म प्रशिक्षण अभियान चलाउनुपर्ने माग राखिएको छ ।

यस्तै बक्तव्यमा पार्टी पार्टीका हरेक तहमा कम्तिमा ५० प्रतिशत यूवा प्रतिनिधित्वको ग्यारेण्टी गर्नुपर्ने, विपीको बाटो हिँड्नुपर्ने, व्यक्तिवादी चरित्र र अनुशासनहीनताको अन्त्य गर्नुपर्ने, ‘भष्ट्रचार मुक्त नेपाल, शुसाशन युक्त नेपाल’ अभियान संचालन गर्नुपर्ने, तत्काल पार्टी पदाधिकारी, विभाग, प्रदेश समिति र भातृसंस्थाहरुलाई पूर्णता दिएर संगठन निर्माण गनुपर्ने उल्लेख गरिएको छ ।

यी हुन नयाँ समूहका सदस्यहरु

यो नयाँ समूहमा महासमिति सदस्यहरु भुपेन्द्रजंग शाही (प्रदेश ६) धमेन्द्र नेम्वाङ (प्रदेश १), विनिता अधिकारी (प्रदेश ३), खड्क डाँगी (प्रदेशं ६), सुनिता अधिकारी ( प्रदेश ५) रहेका छन् ।

यस्तै गुँरास गाउँपालिका अध्यक्ष खेमराज वली (दैलेख), परोहा नगरपालिकाका मेयर सेख वकिल (रौतहट), वागलुङका क्षेत्रीय सभापति चिरञ्जीवि गौतम, लम्जुङका क्षेत्रीय सभापति वृर्षराज गुरुङ, र बझाङका पूर्व महाधिबेशन प्रतिनिधि मञ्जित ताम्राकार रहेका छन् ।

Logo